• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन् [भिडियोसहित]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १०, २०७६  १३:०९
1140x725

काठमाडौं- दार्जिलिङको परिवेश। हरेक दशैंमा त्यहाँको नेपालीभाषी समुदायमा बेग्लै माहौल छाउँथ्यो। कारण थियो, नेपाली साहित्यका तीन हस्तीहरु लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम दशैंको बेला त्यहाँ आयोजना हुने साहित्य सम्मेलनको पाहुना बन्थे। 

तीन–चार दिनसम्म चल्ने साहित्यिक गोष्ठी र भाषणले भाषा र साहित्यप्रेमीहरु चमत्कृत हुन्थे। यस्तै चमत्कृत हुनेमा तारानाथ शर्मा पनि थिए, जो उतिबेला दार्जिलिङ तथा खर्साङमा बसेर पढ्दै थिए। साहित्य सम्मेलनमा सहभागी हुने मौका उनी कसैगरी छाड्दैनथे। 

८४ वर्षमा हिँडिरहेका तारानाथ विगतका धेरै कुरा राम्ररी सम्झिन सक्दैनन्। तर, महाकविसँग भेटेको त्यो प्रसंग भने उनको दिमागमा अझै सुरक्षित छ।

त्यो बेला उनी खर्साङमा कक्षा १० मा पढ्दै थिए। कताकताबाट उनले दार्जिलिङमा लेखनाथ, देवकोटा र सम आएको थाहा पाए। क्रिश्चियन फादरहरुले चलाएको स्कुलबाट कार्यक्रममा निस्किन अनुमति पाउनु गाह्रै थियो। उनले एउटा जुक्ति निकाले, ‘झुटशास्त्र’ नै अपनाए।

‘गाउँबाट बिरामी भएर आएका एक बूढा मान्छेलाई डाक्टरकहाँ देखाउन लग्यो भनेर भन्दिनू है भनेर एउटा साथीलाई अह्राएँ’, ६५ वर्ष अगाडिको घटना सम्झिँदै उनी पुलकित भए। लेखकहरुसँग भेट्ने हुटहुटी कस्तो भने, उनी बिहान ५ बजे नै खर्साङबाट ट्रेन चढेर दार्जिलिङ हान्निए।

एकाबिहानै दार्जिलिङ टेकेका उनले लेखकहरु बसेको घर पत्ता लगाए। त्यहाँ पुग्दा घर सुनसान थियो। यत्तिका ठूला लेखक आउँदा पनि चरोमुसो छैन ! कोही आएका होइनन् कि क्या हो भनेर निराश पनि भए।

तर, घरको छेउमा पुग्दा माथिल्लो तलामा मान्छेहरुको कल्याङमल्याङ सुनेपछि भने बल्ल आस पलायो। यत्तिकैमा माथिबाट एउटा मान्छे भर्‍याङमा बङ्बङ् आवाज पार्दै ओर्लियो।

उनी थिए ‘भीम बूढा’ भनेर चिनिने दार्जिलिङको गभर्नेन्ट हाइस्कुलको हेडमास्टर, सूर्यविक्रम ज्ञवाली।

nimb
nimb
Ncell 2
Ncell 2

उनी केटाकेटीलाई उति मन नपराउने, कराइहाल्ने अलि कडा मिजासका थिए। ‘त्यो मान्छेलाई त्यहाँ देख्ने बित्तिकै मलाई बोर लाग्यो’, नाक खुम्च्याउँदै तारानाथ सम्झिन्छन्।
नभन्दै सूर्यविक्रम कड्किहाले, ‘ओइ, एकाबिहानै कहाँ हिँडेको हँ?’

लल्याकलुलुक परेर तारानाथ बोले, ‘यहाँ कविशिरोमणि र महाकविहरु पाल्नुभएको छ रे। महाकविको दर्शन गर्न आएको।’ 

‘धत्, हुँदैन अहिले! हाम्रो प्रोग्राम छ, सूर्योदय हेर्न टाइगर हिल जाने। तिमी जाऊ।’

दार्जिलिङमा हुने साहित्यिक कार्यक्रममा प्रायः उनी नै सभापति हुने भएकाले उनको अदब बेग्लै थियो।

तारानाथ त्यो दिन सम्झिन्छन्, ‘भीम बूढा त्यसरी जंगिरहँदा माथिबाट देउता जस्तै सललल बग्दै एउटा मान्छे आए। उनले मधुरो आवाजमा सोधे– कसले कसलाई खोजेको?’  

उनले प्रत्युत्तर दिए, ‘मैले महाकविलाई खोजेको। उहाँको दर्शन गर्न आएको।’

अगाडि थिए महाकवि देवकोटा। ‘आहा बाबू’ भन्दै सामुन्नेमा आए। तारानाथले ‘दर्शन’ शब्द प्रयोग गरेकाले महाकविले ठम्याइहाले, ‘तपाईं त दार्जिलिङको होइन।’

उनले आफू नेपालकै भएको भन्दै परिचय दिएपछि महाकविले गम्लंग अंकमाल गरे। तारानाथले खल्तीमा सानो डायरी बोकेका थिए। त्यसमा केही लेख्दिऊँ भनेर महाकविले सोधे।

‘मैले त खोजेकै त्यही थियो’, तारानाथ दंग परे। 

सूर्यविक्रम ‘देवकोटाजी के गरिरहनुहुन्छ तपाईं ? अरु सबै तयार भइसके, छिटो गर्नुस्’ भनेर तातो लगाउँदै थिए।

महाकवि भने माथिबाट दाँत माझ्न झरेका थिए। उनको हातमा ब्रस थियो। भुइँमा लोटा राखेका थिए। तारानाथले लोटाको पानी खन्याइदिएर मुख कुल्ला गराए।

त्यसपछि महाकविले उनको डायरीमा लेखिदिए– 
‘कविता सविता मेरी लविता लविला भनेँ
त्यसैको प्रेमले जल्दै आगो–आँसु दुवै बनेँ
लक्ष्मीप्रसाद देवकोटा, १४ मे १९५२’

यति लेखेर देवकोटाले सुझाव पनि दिए, ‘बाबू पनि पत्रपत्रिकामा लेख्नुहुँदो रहेछ। तर, कविता चाहिँ नलेख्नू है। यसले भित्रभित्रै पोल्छ। मलाई डढाइसक्यो। मलाई हेर्नुस् बहुला बनाएर राँची पठाए। ६ महिनासम्म म बहुला भएँ।’ 

साहित्य सम्मेलनका क्रममा देवकोटाले कलेजमा भाषण गरेका थिए।  

‘बाफ रे बाफ ! हाम्रा महाकविले अंग्रेजीमा बोल्दा कलकत्ताबाट आएका जम्मै बंगाली र प्रोफेसरहरु कति राम्रो बोलेको भनेर छक्क परेका थिए’, तारानाथ खितखिताउँदै सुनाउँछन्।

एकसुरका महाकवि, देउता देवकोटा

तारानाथले पछि दार्जिलिङमै सेन्ट जोसेफ कलेजमा पढ्न थालेपछि त हरेक वर्षको साहित्यिक कार्यक्रम पानी–पँधेरो नै भयो। त्यस क्रममा उनी देवकोटाको भाषण कलाबाट मोहित भएका थिए। 

एक पटक महाकवि दार्जिलिङको चोक–बजारमा भाषण गरिरहेका थिए। कार्यक्रमका सभापति सूर्यविक्रम नै थिए। बोल्दै गरेका देवकोटाको मुखमा उनले रुमालले छोपिदिए।

‘हामी सबै जना छक्क पर्‍यौं। के गरेको यो ? महाकविले के गल्ती गर्नुभयो र यस्तो गरेको ?’ तारानाथ त्यो दिनमा फर्किए।

यत्तिकैमा सूर्यविक्रमले माइक खोसेर बोले, ‘यो दार्जिलिङको मौसमले हाम्रो महाकविलाई सहन सकेन। हामी सबै यति माया र श्रद्धा गर्छौं उहाँलाई, तर चिसोले उहाँको नाक बग्यो। त्यही भएर मैले पुछिदिएको।’

तर, त्यसबारे देवकोटालाई पत्तै थिएन। कुनै काममा लाग्दा एकसुरमा लाग्थे। रुमाल झिकिसकेपछि तुरुन्तै उनी बोल्न थाले, ‘रोम वाज बर्निङ एन्ड निरो वाज फिड्लिङ।’

तारानाथ त्यसबेलाको सन्दर्भ खुलाउँछन्, ‘नेपालमा कठोर शासनका कारण जनताले दुःख पाइरहेका छन्, तर राणाहरु चाहिँ मोज गरिरहेका छन् भनेर महाकविले व्याख्या गरे।’

महाकविको एकसुरा बानी इलामको करफोकको कार्यक्रमको बेला पनि देखिएको तारानाथ सम्झिन्छन्।

महाकवि खाना खान बसेका थिए। थालमा खाना सकिइसकेको थियो। तर, उनी हातमा गाँस लिए जस्तै एकोहोरो मुखमा लगिरहेका थिए।

अब जाऊँ चुठ्न भनेपछि मात्र छक्क परेर महाकवि उठेका थिए।

भिडियो

महाकविसँग जोडिएका अनेकथरी प्रसंग सुन्ने र पढ्ने नयाँ पुस्तालाई हरेक कुरा किंवदन्ती जस्तो लाग्छ। कतिपय घटनाको साक्षी नै रहेका तारानाथ नै भन्छन्, ‘म आफैंलाई त ती कुरा किंवदन्ती लाग्छ।’

देवकोटाको रचनाले पारेको प्रभावबारे सोध्दा उनी महाकविलाई देउतासरह नै मान्ने बताउँछन्। देवकोटासहित लेखनाथ र समलाई उनी त्रिदेव मान्छन्। ‘उहाँहरुलाई नेपाली साहित्यका त्रिदेव भन्ने मै हो। साहित्यमा लाग्न उहाँहरुको प्रेरणा छ मलाई। उहाँहरुका कृतिहरु साह्रै मन पर्छ’, स्रष्टाभित्रको पाठक तारानाथ बोल्छन्।

काठमाडौं बस्न थालेपछि उनको लेखनाथ र समको घरमै आउजाउ हुन थाल्यो। एमए गरेपछि उनले समसँग नियमित सम्पर्कमा रहेर समालोचनाको पुस्तक ‘सम र समका कृति’ नै लेखे। तर, देवकोटालाई त्यसरी घरमै भेट्ने मेसो जुरेन। 

(नेपाल लाइभ अर्काइभबाट)

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सरकारको कदम असंसदीय भएको विपक्षी दलको निष्कर्ष, अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्