काठमाडौ- माछापुच्छ्रे बैंकलाई ठगी गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। आफ्नो भोग नभएको जग्गालाई आफ्नो देखाई धितो राखेर ठगी गर्ने अशोक हर्ष बज्राचार्य पक्राउ परेका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको हो।
विनायक प्रेसका सञ्चालक बज्राचार्यले माछापुच्छ्रे बैंकलाई एक करोड ४२ लाख रुपैयाँ कर्जा लिएका थिए। झुक्याएर कर्जा लिएको उजुरीका आधारमा सिआईबीले उनलाई पक्राउ गरेको हो। बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम उनीमाथि कारबाही अघि बढाइएको सिआईबीका डिएसपी श्यामबाबु ओलियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।