रुपन्देही- बुधबार बिहान रुपन्देहीका देवदहमा गुन्डा नाइके मनोज पुनसँगै उनका प्रमुख सहयोगी सोम आले पनि मारिएका छन्।
दुवै जना सँगै रहेको बेला प्रहरीसँग जम्काभेटमा भएको थियो। प्रहरीलाई नै आक्रमण गरेर भाग्ने प्रहरीले गोली चलाउँदा उनीहरु घाइका भएका थिए। उपचारको क्रममा आलेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार बिहान करिब साढे ३ बजे रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा दुई पक्षबीच गोली हानाहान भएको हो। एसपी ज्ञवालीले घटनास्थलमा घाइते भएका दुवै उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिएकोमा त्यहीँ मृत्यु भएको बताए।
पुन र आले मिलेर हत्या र फिरौतीको आतंक मच्चाउदै आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विशेष टिम बनाएर पुनको समूहलाई खोजी गर्दै आएको थियो। इन्काउन्टर सिआइबीको नेतृत्वमा भएको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।