काठमाडौं- नेपाली सेनाले सत्य निरुपणको विषय टुंगोमा पुर्याउन आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले द्वन्द्व पीडितका समस्या समाधान गर्न आफूहरुले सहयोग गर्ने जानकारी गराएको हो।
विगतका द्वन्द्वका घटनाका सम्बन्धमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सहयोग गर्न प्रधानसेनापतिबाट पटकपटक प्रतिबद्धता व्यक्त भइरहेको समेत सेनाले स्मरण गराएको छ।
यसका साथै सेनाले पीडितलाई निर्धक्क सँग उजुरी दिन पनि सेनाले आग्रह गरेको छ। 'छानबिन गरी सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्न नेपाली सेना प्रतिबद्ध रहेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं,' सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसका साथै संचार माध्यमा प्रकाशित भएको कुकुरबाट यौनहिंसा गराइएको सम्बन्धमा नेपाली सेनाको नाम जोडिएको भन्दै उसले सो प्रति आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।