काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ९ वर्षपछि बढ्यो आर्यघाटमा शवदाह गर्ने कर्मचारीको सेवासुविधा, आन्दोलन फिर्ता, शव जलाउनेले १५ सय, अवकाश हुँदा पाँच लाख पाउने ।
२) ६ राष्ट्रिय गौरवका आयोजना प्रमुखसँग प्रधानमन्त्री ओलीको प्रत्यक्ष संवाद सुरु, आयोजना छिटो सक्न एक्सन रूमबाट प्रधानमन्त्रीको निर्देशन ।
३) ४८ कोषलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि नयाँ निर्देशन, शंकास्पद कारोबार गर्ने उच्चपदस्थको विवरण राष्ट्र बैंकमा पठाउनुपर्ने, नपठाए ५० लाख जरिवाना ।
४) वुमन्स च्याम्पियन्स लिगको फाइनल बिहीबार, उपाधि जित्नेमा दुवै टिमको दाबी, फाइनल अघि चन्द्रागिरिमा गरियो ट्रफी प्रदर्शन ।
५) र, बेलायतका प्रधानमन्त्री जोनसनका प्रस्तावहरु संसद्वारा लगातार अस्विकार, बेन एक्ट बन्यो बाधक, ब्रेक्जिटसम्बन्धी सम्झौता पनि थप अन्यौलमा ।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।