काठमाडौं- नेपालमा चीनको प्रभाव बढेको प्रतिवदेन एक जना अमेरिकी कूटनीतिज्ञले पेस गरेकी छिन्।
अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र केन्द्रीय एसिया हेर्ने ब्युरोकी कायममुकायम सहायक विदेशमन्त्री एलिस जी वेल्सले ब्युरो प्रमुखलाई बुझाएको प्रतिवदेनमा नेपालमा चिनियाँ प्रभाव बढेको उल्लेख गरेकी छिन्।
‘दलाई लामाको जन्मदिन सार्वजनिक रुपमा मनाउन प्रतिबन्ध लगाउनुका साथै सरकारले तिब्बती समुदायका बौद्धमार्गी समुदायमाथि प्रतिबन्द्ध बढाएको छ,’ प्रतिविदेनमा नेपालबारे भनिएको छ, ‘नेपालमा चिनियाँ प्रभाव बढेको छ त्यसै कारण नेपाल सरकारले तिब्बती समुदायमाथि प्रतिबन्ध लगाएको छ ।’
अमेरिकी कूटनीतिज्ञले सार्वजनिक रुपमै नेपालमा चिनियाँ प्रभाव बढेको प्रतिवदेन तयार पारेको यो पहिलो पटक हो।
प्रतिवदेनमा सन् २०१८ मा ल्याइएको अपराध संहिताले बलपूर्वक धर्म परिवर्तन गर्न रोकेको भन्दै त्यसले अल्पसंख्यक धार्मिक समुदायलाई खतरामा पारेको उल्लेख गरिएको छ।
अनलाइन मिडियासम्बन्धी कानुन र अन्य निर्देशिका ल्याएर अभिव्यक्ति स्वतन्त्रतालाई कस्न खोजे पनि सर्वसाधरणको आलोचनापछि सरकार पछि हटेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।