एजेन्सी– सलमान खान र ज्याक्लिन फर्नाडिस सुटिङका लागि १० दिनका लागि थाइल्यान्डको जंगलमा बस्ने भएका छन्। ‘रेस ३’ फिल्मको एक्सन सिन थाइल्यान्डको जंगलमा सुटिङ हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
एक्सन सिनका लागि ज्याक्लिनले चार महिनादेखि प्रशिक्षण लिइरहेकी छिन्। गत हप्ता बैंककको फ्लोटिङ मार्केट र रोज गार्डेनमा फिल्मका लागि केही सिनहरु सुटिङ भएका थिए।
आगामी साता थाइल्यान्डको कञ्चनाबुरी जंगलमा फिल्मका लागि केही स्टन्ट र किक बक्सिङको सिन सुटिङ हुनेछ। ‘रेस ३’ यही वर्ष इदमा रिलिज हुने निर्देशक रमो डिसुजाले बताएका छन्। यो फिल्ममा डेजी साह, बबी देओल, अनिल कपुर, साकिब सिलम लगायतका कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।