नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेता सैफ अली खानकी छोरी सारा अली खान छिट्टै ‘केदारनाथ’ मार्फत हिन्दी फिल्ममा प्रवेश गर्दैछिन्। उनी बलिउडमा लोकप्रिय कलाकारको छोराछोरीहरुको सूचीमा पर्छिन्।
केही समयअघि मात्र उनी आफ्नो फिल्मको पहिलो चरणको सुटिङ समाप्त गरेर मुम्बई फर्किएकी थिइन्। उनी बान्द्राको एउटा होटलको बाहिर आइतबार सेतो रंगको परम्परागत लुगामा भेटिएपछि सबै जना चकित परेका थिए।
शनिवार मात्र उनी दीपिका पादुकोणले ‘पद्मावती’ रिलिज हुनुअघि बलिउडकर्मीहरुलाई दिएको पार्टीमा सहभागी थिइन्। सारा प्रायः एक्लै बजार नस्किने गर्छिन्। उनी जिम हलमा पनि कहिले काहीँ देखिन्छिन्। उनको हातमा प्रायः किताब हुने गरेको छ। उनको अनौठो सौख छ। उनी एक्लै बसेको बेला किताब पढ्न खुब रुचाउँछिन्। उनलाई अध्ययनमा निकै सौख छ।
‘केदारनाथ’ को निर्देशन अभिषेक कपुरले गरिरहेका छन्। फिल्ममा सारा अलीसँग सुशान्त सिंह राजपुत मुख्य भूमिकामा छन्। सुटिङ हालका लागि केही समय लम्ब्याइएको छ। यसैले फिल्म अर्को वर्षको डिसेम्बरमा प्रदर्शन हुने आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।