एजेन्सी– बलिउड अभिनेत्री सोनम कपुरले निरजा भनोटको कथामा आधारित फिल्म ‘निरजा’ मा अभिनय गर्न पाउनु सौभाग्यको कुरा भएको बताएकी छिन्।
उनले निरजाको बहादुरीले आफूलाई अगाडि बढ्न प्रोत्साहित गरेको बताइन्। यो फिल्म एयरहोस्टेज निरजाको सत्य कथामा आधारित फिल्म हो। निरजाले सन् १९८६ मा आतंकवादीले अपहरण गरेको विमानमा यात्री बचाउन ज्यान दिएकी थिइन्।
यो फिल्म रिलिज भएको सोेमबार दुई वर्ष पुगेको छ। सोनमले फिल्म दुई वर्ष पुगेको उपलक्ष्यमा ट्विटरमा लेखेकी छिन्– निरजाको भूमिका निभाउन पाउनु मेरा लागि सम्मानको कुरा हो। निरजालाई श्रद्धाञ्जली।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।