पोखरा– पोखरामा लागूऔषधको कारोबार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरको छ। लागुऔषध नियन्त्रण व्युरो पोखराले पोखरा लेखनाथ महानगरपालिका ९ बसपार्क बस्ने वर्ष २८ का सुबास गुरुङ र कास्कीको अन्नपुर्ण गाउँपालिका ८ का वर्ष २४ का सुमन गुरुङलाई पक्राउ गरेको हो।
उनीहरुले पोखरा नगर क्षेत्रका विभिन्न स्थाहरुमा लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखराको छोरेपाटनबाट उनीहरुलाई पक्राउ गरेको हो।
उनिहरुबाट प्रहरीले लागुऔषध नुर्फिम ५२ थान फेनरागन ५२ थान र डाईजापाम ५२ थान गरी जम्मा १५६ थान र नाईट्रोसन १० चक्की समेत बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।