काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टीले आयोजना गरेको बन्दको उपत्यकामा सामान्य प्रभाव परेको छ। उपत्यकामा अधिकांश स्कुलहरु बन्द भएका छन्। सडकमा भने ठुलो प्रभावमा छैन। सवारी साधनहरु चलिरहेका छन्।
मंगलबार बिहानै सो पार्टीका कार्यकर्ताहरुले कोटेश्वर नजिकै एक सरकारी गाडीमा आगजनीको प्रयास गरेका थिए। भोजपुर जिल्ला अदालतको गाडी जलाउने प्रयास गरेका हुन्।
सो पार्टीका ४ जना नेता÷कार्यकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी पूर्णचन्द्र जोशीले बताए।
दिउँसो तिनकुनेको पुल मुनिक केही शंकास्पद वस्तु भेटिएको थियो।
आफ्ना कार्यकर्तालाई विराटनगरमा पक्राउ गरिएको विरोधमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले बन्द गरेको हो। जसबाट लाखौं सर्वसाधरणले दुःख पाएका छन्। लामो समयदेखि देशमा बन्दको बिकृती सुरु भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।