एजेन्सी– नयाँनयाँ फिल्ममार्फतचर्चामा रहँदै आएका करण जोहरले आफ्नो फेबरेट अभिनेता बरुण धवनको साथमा नयाँ फिल्म घोषणा गरेका छन्। करणले सामाजिक सञ्जालमा अभिनेता बरुण तथा फिल्म निर्देशक शशांक खेतानका साथ तस्बिर सेयर गर्दै फिल्म ‘रणभूमि’ निर्माणको घोषणा गरेका हुन्।
'फिल्म निर्माणको घोषणा गर्न पाउँदा गर्व महसुस भएको छ,' उनले लेखेका छन्, 'यसका लागि शशांक र बरुण मेरा साथमा छन्।' फिल्ममा करणको लगानी तथा शशांक खेतानको निर्देशन रहनेछ।
फिल्म २०२० दिपावलीमा रिलिज हुनेछ। फिल्मका अन्य कास्टहरु चाँडै नै घोषणा हुनेसमेत करणले जानकारी दिएका छन्। यसअघि शशांक र बरुणले हम्प्टी शर्माको दुल्हनियाँ र बद्रीनाथकी दुल्हनियाँमा एकसाथ काम गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।