मुम्बई (एजेन्सी)– सोसल मिडियामा चर्चा बटुलिरहेकी दक्षिण भारतकी किशोरी प्रिया प्रकाश वारियर पनि अदालत पुगेकी छिन्। उनले आफू विरूद्ध दर्ता भएको मुद्दा खारेज गर्नुपर्ने माग राख्दै उच्च अदालतको ढोका ढकढकाएकी हुन्। केरलकी यी अभिनेत्रीले सोमबार आफ्नो मौलिक अधिकारको हनन भएको भन्दै अदालतमा मुद्दा दर्ता गराइन्।
उनले अभिनय गरेको फिल्म ‘ओरु ओदार लभ’ को एउटा गीतमा धार्मिक भावनामा ठेस पुर्याएको भन्दै मुस्लिम समुदायले यसै साता उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।
प्रियाले गीतको गलत अनुवादलाई आधार बनाएर मुद्दा दर्ता गर्नु दु:खद भएको बताइन्। मलयालम भाषीले अन्य राज्यमा पनि मुद्धा दायर गर्ने सम्भावना बढेपछि प्रियाले तेलङगाना र महाराष्ट्रमा दर्ता भएको मुद्धा रद्द गर्न माग गरिन्।
रिटमा भनिएको छ, फिल्मको गीत मुस्लिम धर्मगुरु मोहम्मद पैगम्बर र उनको श्रीमतीको प्रेम सम्बन्धलाई लिएर केरलको मालाबार क्षेत्रमा प्रचलित मान्यताको आधारमा लेखिएको हो।'
उजुरी दर्ता गर्ने व्यक्तिले यसलाई गलत अर्थमा लिएको भनिएको छ। मुद्दामाथिको सुनुवाइ मंगलबार हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।