मुम्बई (एजेन्सी)– अभिनेता मोहित मारवाह मंगलबार आफ्नो लामो समयकी गर्लफ्रेन्ड अन्तरा मोतिवालासँग वैवाहिक बन्धनमा बाँधिदैछन्। विवाह दुबईमा हुँदै छ भने यसमा सहभागी हुन सोमबार सबै कपुर परिवार त्यसतर्फ लागेका छन्।
मोहित कपुर परिवारका सदस्य अनिल कपुर, बोनी कपुर र सञ्जय कपुरका बहिनी रिना मारवाहका छोरा हुन्। मोहितले २०१४ मा ‘फगली’ फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए। २०१७ मा उनी ‘रागदेश’ मा पनि देखिएका थिए। आइतबार मुम्बई विमानस्थलबाट बोनी, श्रीदेवी र उनीहरूका छोरी खुशी कपुर दुबई लागेका थिए। जान्हवी कपुर फिल्मको सुटिङमा व्यस्त भएको हुनाले गइनन्।
तर, अनिल कपुरकी छोरी तथा बलिउड अभिनेत्री सोनम कपुरकी बहिनी रिया र भाइ हर्षबर्द्धन पनि आइतबार नै दुबईतर्फ लागे। सोनम र अनिल ‘एक लड्कीको देखा तो ऐसा लगा’ फिल्मको सुटिङमा व्यस्त छन्, त्यसैले उनीहरू जान पाएनन्। बोनी कपुरको पहिलो श्रीमतीतर्फको छोरा अर्जुन कपुर पनि विवाहमा भाग लिन दुबई लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।