काठमाडौं- गायक विजय राईले 'लाजै नमानी' बोलको गीत ल्याएका छन्।
गीतकार ललिता कुँवरको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार प्रधानले नै निर्देशन गरेको भिडियोमा निर्मल लामाको कोरियोग्राफीमा भीमफेदी गाइज र सन्ध्या भट्टराईलाई फिचर गरिएको छ।
होटल तथा पर्यटन व्यवसायी रहेका गायक राईको हालसम्म ३ वटा एल्बम बजारमा आइसकेका छन्। उनी करिब ५ वर्षको अन्तरालमा नयाँ गीत लिएर श्रोतामाझ आएका हुन्।
यस गीतले सांगीतिक क्षेत्रमा आफूलाई अझ अगाडि बढाउने गायक राईले आशा व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।