एजेन्सी– बलिउड स्टार अक्षयकुमार अभिनित ‘प्याडम्यान’ ले बक्स अफिसमा अहिले ६८ दशमलव १२ करोड कमाई गरेको छ। फिल्मको लगानी ७० करोडको थियो। फिल्म समीक्षकले अक्षयको यो फिल्म हेरेर सकारात्मक प्रतिकृया दिएपनि यसले सोचेअनुरुप व्यपार गर्न सकेको छैन्।
फिल्म हेर्न हलसम्म पुगेका दर्शकको प्रतिकृयाले भने अक्षयको अभिनयलाई थप उचाई दिएको छ। यसैबीच अक्षयका छोरा आरबले आफ्ना पिताले समाजिक मुद्धामा गरेको अभिनयका बारेमा ३ शब्दमा कमेन्ट गरेका छन्। जुन कमेन्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन्।
छोरा आरबले फिल्म हेरेर फर्किएपछि अक्षयलाई भनेको कुरा उनले नै सार्वजनिक गरेका हुन्। जसमा उनले भनेका छन्, ‘आरबले प्याडम्यान हेरेपछि मेरो छेउ आएर धाप मार्दै भन्यो– गुड जब ड्याड।’ छोराको कमेन्टले आफू खुसीले गदगद भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।