मुम्बई (एजेन्सी)– दीपिका पादुकोणले नेपालमा सुटिङ गर्ने फिल्मको नाम सार्वजनिक भएको छ। फिल्मको नाम ‘रानी’ राखिएको छ। जुन सपना दिदीको बायोपिकमा आधारित छ। सपना दिदी अन्डरवर्ल्डका चर्चित पात्र अशरफ खानको उपनाम हो। फिल्म प्रेरणा अरोडाको क्रियाज इन्टरटेनमेन्टले बनाउन लागेको हो।
फिल्म पद्मावतको सफलतापछि यतिबेला दीपिकाको चर्चा विश्वव्यापी छ। अघिल्लो फिल्मको सफलताका कारण उनीसँग सबैको आशा बढेको छ। ‘रानी’ मा दीपिकाको हिरोको रुपमा इरफान खान छन्। फिल्मको सुटिङ आउँदो मार्चमा नेपालबाट सुरु हुँदैछ। फिल्म वर्षको अन्त्यमा रिलिज गर्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।