काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘कान्छी’ ले दर्शकलाई मोहनी लगाइरहेको छ ।
यसै क्रममा आइतबार कुमारी हलमा सेलिब्रिटी रेड कार्पेट शो आयोजना गरियो । सेलिब्रिटी शो मा महजोडी, दिपाश्री निरौला र माओवादी केन्द्रका नेता अग्नि सापकोटा लगायतको उपस्थिति थियो ।
फिल्म हेरिसकेपछि वरिष्ठ अभिनेता हरिवंश आचार्यले ‘कान्छी’ राम्रो लागेको प्रतिक्रिया दिए ।
‘फिल्ममा श्वेताले मुटु निचोरेको पाएँ’, उनले भने, ‘कलाकारहरुको अभिनय, गीत–संगीत, निर्देशकीय र छायांकन पक्ष सबै राम्रो लाग्यो।’
मदनकृष्ण श्रेष्ठले पनि कान्छी निकै मन परेको सुनाए।
यस्तै, निर्देशक दीपाश्री निरौलाले कान्छी मार्फत श्वेताको कमब्याक सार्थक बनेको बताइन्।
‘कान्छी हेरिरहँदा मैले श्री (श्रीकृष्ण श्रेष्ठ) दाइलाई सम्झिएँ’, उनले भावुक हुँदै भनिन्, ‘श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नुपर्छ।’
नेता सापकोटाल फिल्मको कथावस्तु र अभिनय राम्रो लागेको बताए।
आकाश अधिकारी निर्देशित 'कान्छी'मा श्वेता खड्का ‘कान्छी’को शीर्ष भूमिकामा प्रस्तुत भएकी छन्। यसका साथै फिल्ममा दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।