नयाँ दिल्ली (एजेन्सी)– हलिउडको नयाँ चलचित्र ‘ब्ल्याक प्यान्थर’ ले कमाईको मामिलामा सबै फिल्मलाई उछिन्ने छाँट देखाएको छ। मार्वल स्टुडियोजको पहिलो प्रस्तुतिको रूपमा रहेको यो फिल्मको मुख्य आकर्षण नै अश्वेत कलाकार छन्।
फिल्मको रिलिज १६ फेब्रुअरमा भएको थियो। फिल्मले अन्तर्राष्ट्रिय मार्केटमा तहल्का पिटिरहेको छ। फिल्मका व्यापार विश्लेषक रमेश वालाका अनुसार रिलिज भएको तीन दिन भित्र ‘ब्ल्याक प्यान्थर’ ले करिव १ सय ६९ मिलियन डलर अर्थात करिब १ हजार ७० करोड रुपैयाँ कमाई गरेको छ।
अझ, यसमा उत्तर अमेरिकाको कमाईलाई जोड्ने हो भने कूल कलेक्शन ३९ सय ५३ करोडको नजिक रहेको छ। ‘ब्ल्याक प्यान्थर’ ले कोरिया, बेलायत, मेक्सिको, ब्राजिल, अस्ट्रेलिया, फ्रान्स, इन्डोनेसिया र जर्मनीमा सबैभन्दा बढी कलेक्शन गरेको छ।
कोरियामा मात्र फिलमले २५ दशमलव ३ मिलियन डलर कमाई गरेको छ। युकेमा २४ दशमलव ८, मेक्सिकोमा ९ दशमलव ६ मिलियन, ब्राजिलमा ९ दशमलव ४ मिलियन, अस्ट्रेलियामा ९ दशमलव २ मिलियन, फ्रान्समा ७ दशमलव ७ मिलियन, इन्डोनेसियामा ६ दशमलव ५ मिलियन र जर्मनीमा ६ दशमलव २ मिलियन डलर कमाई गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।