काठमाडौं– ‘टप मोडल नेपाल–२०१८’ का विजेता निशान चौहान नेपालको प्रतिनिधित्व गर्दै ‘टप मोडल वल्र्डवाइड–२०१८’ का लागि युके जाने भएका छन्।
४० भन्दा बढी राष्ट्रका मोडल सहभागी हुने यो स्पर्धा अप्रिल ३ मा आयोजना हुँदैछ। काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले यसपालि नेपालको प्रतिनिधित्व गर्न लागेको जानकारी दिइएको छ। निशानले फिल्म ‘पर्व’ सहित निशाने कलर्स,डाबर नेपाल लगायत विभिन्न बिज्ञापनमा काम गरेका छन्।
‘टप मोडल’ क्यान्सर पीडित बालबालिकाहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउँदै आएको संस्था हो। जसले विश्वभरका मोडलको छनोटका क्रममा ‘एसएमएस’ बाट प्राप्त रकम क्यान्सरपीडितको सहयोगमा खर्च गर्छ। संस्थाले सन् २००८ बाट औपचारिक रुपमा क्यान्सरपीडित बालबालिकाका लागि काम गर्दै आएको छ। यसले अहिले सम्म १ लाख ४० हजार स्टर्लिङ पाउण्ड पीडितका लागि खर्च गरिसकेको छ पत्रकार सम्मेलनमा जानकारी दिइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।