काठमाडौं- भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाईं घुससहित पक्राउ परेका छन्।
चापागाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार लाख घुससहित कोटेश्वरस्थित एक खाजाघरबाट आज अपराह्न पक्राउ गरेको हो।
जग्गाको मोही कट्टाको लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार, चापागाईंलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।