एजेन्सी – बलिउडका चार वटा फिल्ममा अभिनय गरेकी अभिनेत्री कृती खरबन्दाले आफ्नो अभिनय क्षमता देखाउन प्रयाप्त मौका नपाएको बताएकी छिन्। मुंबईमा आयोजित एक कार्यक्रममा कृतीले आफुले चाहेजस्तो भुमिका नपाएको दुखेसो पोखिन्।
‘मैले आजसम्म राम्रो मौका पाउन सकिन’ कृतीले भनिन, ‘मैले चाहे जस्तो भुमिकामा काम गर्ने अवसर मिलेको छैन।’
कृतीको नयाँ फिल्म ‘वीरे की वेडिङ’ मार्च ९ मा रिलिज हुँदैछ। यद्यपि कृतीले आफूलाई भाग्यमानी महशुस गर्ने गरेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।