नयाँ दिल्ली (एजेन्सी) – सन् २०१७ को अक्टोबर तेस्रो साता प्रदर्शनमा आएको बलिउड फिल्म सिक्रेट सुपरस्टारले चीनमा ३१ दिनमा ७५९.९२ करोड भारु कमाएको छ। फिल्म निर्माणमा करिब ४५ करोड भारु खर्च भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
फिल्ममा आमिरसँगै जायरा वसीमले प्रमुख भूमिका निर्वाह गरेकी छिन्। फिल्मले पारिवारिक बन्धनका कारण लुकेर आफ्नो गायन कला प्रस्तुत गर्ने बालिकाको कथालाई पर्दामा उतारेको छ। आमिर खानको हालसम्म तीन वटा फिल्मले भारतीय बक्स अफिसमा कब्जा जमाएका छन्। दंगल सन् २०१६, सीक्रेट सुपरस्टार सन् २०१७ र पीके सन् २०१७ भारतीय बक्स अफिसमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्म बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।