काठमाडौं– बलिउडको चर्चित ब्यान्ड ‘सनम’ले नेपालमा पनि आफ्नो प्रस्तुति दिने भएको छ।
बलिउडका दर्जनौं गीत गाएर चर्चित ब्यान्डले फागुन १९ गते अर्थात् मार्च ३ मा जावलाखेल ग्राउन्डमा सांगीतिक प्रस्तुति पस्कने भएको हो।
‘सनम लाइभ नेपाल’ नाम दिइएको उक्त कार्यक्रम ३ बजेबाट सुरु हुने आयोजक सगोल घले गुरुङले बताए।
सनमसँगै नेपालबाट गायक स्वप्न सुमन, लाहुरे उर्फ आशिष राणा र नवनिर्मित ब्यान्ड समिसन फिचरिङ सुशील र प्रसन्नको पनि प्रस्तुति रहने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।