काठमाडौं– आज प्रजातन्त्र दिवसको अवसर पारेर गायक रामकृष्ण ढकालको राष्ट्र भावले ओतप्रोत गीत 'नेपाल आमा' सार्वजनिक भएको छ।
इन्द्रनारायाण चोङबाङको शब्द तथा टीका भण्डारीको संगीत रहेको राष्ट्रिय गीतमा गायक ढकालसहित कलाकार उत्तम केसी, जीवन शाही लगायतका कलाकारले अभिनय गरेका छन्।
गीतको भिडियोलाई जीवन शाहीले निर्देशन, रामशरण उप्रेतीले छायांकन र अर्जुन पोखरेलले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।