मुम्बई (एजेन्सी)– लामो समय बलिउडमा आफ्नो दबदबा कायम गरेकी श्रीदेवीको जीवनीमा आधारित एउटा डकुमेन्ट्री सार्वजनिक हुने भएको छ। श्रीदेवीको डकुमेन्ट्री बेगलुरुमा रहेको उनको एक फ्यान क्लबले बनाउने भएको छ। यसमा श्रीदेवीको १३ वर्षदेखि अहिलेसम्मको पुरा कहानी समेटिने छ।
श्रीदेवीको बेगलुरुमा रहेको फ्यान क्लबमा चार जना को–फाउन्डरले धन जुटाउँदै फिल्म निमार्ण गर्न लागेका हुन्। डकुमेन्ट्रीको नाम अहिले तय गरिएको छैन। कहानी पाँच भागमा हुनेछ। श्रीदेवीका फिल्म निर्माता श्रीमान बोनी कपुरसँग यस विषयमा सबैले भेटेको बताइएको छ। उनीहरूले श्रीदेवीको पुरानो फुटेज र इन्टरभ्यु पनि माग गरेका छन्।
श्रीदेवीले पहिलो फिल्म ४ वर्षको उमेरमा गरेकी थिइन्। उनी ५० वर्षदेखि फिल्ममा सक्रिय छिन। हिन्दीबाहेक उनले तमिल, तेलुगु, कन्नड फिल्ममा काम गरेकी थिइन। पहिलो भागमा उनको बच्चाको कहानी समेटिने छ। दोस्रो र तेस्रो भागमा बलिउडमा उनको डेव्यु र तमिलको एडल्ट रोललाई समेटिने छ।
श्रीदेवीले पछिल्लो पल्ट आफ्नै होम प्रोडक्शनले बनाएको फिल्म ‘मम’ मार्फत पुनरागमन गरेकी थिइन्। श्रीदेवीले सदमा, नगिना, मिस्टर इन्डिया, लम्हे, खुदा गवाहजस्ता चर्चित फिल्ममा काम गरिसकेकी छिन्। यसै वर्ष श्रीदेवीकी छोरी जाहन्वी कपुर पनि फिल्ममा डेव्यु गर्दैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।