• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मुक्ति सेनाका कप्तान भन्छन्- कांग्रेस र मुक्ति सेना गठनमा राजा त्रिभुवनको हात थियो

64x64
पुष्पा केसी बिहीबार, असोज ३०, २०७६  १४:३१
1140x725

काठमाडौं- अग्लो कद। शीरमा ढाकाटोपी। टोपीको घेरा मुन्तिर देखिने सेतो कपाल। सेतै जुङ्गा। मयलपोश सुरुवाल। चिन्तबहादुर बस्नेतले ९६औं बसन्त टेके पनि ठमठम हिँडेको देख्दा लाग्छ, उनले जीवनमा प्रशस्त शारीरिक अभ्यास र  जीवनशैलीलाई अनुसशासित बनाएका छन्। सुरक्षा क्षेत्रबाट करियर सुरु गरेर निजामति सेवाबाट अवकाशप्राप्त उनको शारीरिक संघर्षको उपज हो, स्वस्थ शरीर।

सरकारका अवकाशप्राप्त अधिकारी उनी राणाहरुको तारा दलका लडाकु पनि भए। ब्रिटिश आर्मी बने। नेपाल प्रहरी बने। तर, त्यो भन्दा गर्विलो विगत अर्कै छ। अहिले इतिहास बनिसकेको मुक्ति सेनाका योद्धा हुन् उनी। जसको बलमा नेपालले प्रजातन्त्र प्राप्त गर्‍यो। त्यसको ओज र प्रताप अहिलेसम्म छ उनीसँग। प्युठानको खैरामा जन्मिएका चिन्तबहादुर बस्नेतसँग भेट हुँदा आफूले पाएको सूचनाको तथ्य जाँच्न प्रश्न गरियो, ‘तपाईं मुक्ति सेनाको लडाकू है?’

अपेक्षा भने 'हो वा होइन'मध्ये एक उत्तरमा आउने थियो। तर त्यसो भएन। अनपेक्षित प्रश्न झेल्नुपर्दा महुसुस हुने भावभंगीमा देखिए एकछिन बस्नेत। उनको अनुहारमा आश्चार्यमिश्रित भाव देखेपछि प्राप्त जानकारी गलत पो हो कि भन्ने हामीलाई लाग्यो। केही सेकेन्डको मौनता भंग गर्दै उनी मुस्कुराएर भने, ‘म...मुक्ति सेनाको कप्तान।’ उनी यसरी मुस्कुराए कि, मानौं लामो समयपछि घतलाग्दो कुरा फेरि एकपटक सुन्न पाए उनले। 

मुक्ति सेनाको प्रसंग उप्काएपछि उमेरले खियाउँदै लगेको दिमागको शक्ति फर्काउन आँखीभौं तन्काए। त्यसपछि जीवनको पूवार्द्धतिर आफूलाई फर्काए। पल्टाउँदै गए। बितेका दिनका पानाहरु सम्झँदै गए। जहाँ नेपालको महत्वपूर्ण इतिहास छ, त्यो इतिहासमा उनी पनि छन्। नेपालहरुको तीतो इतिहास बदल्न उनको महत्वपूर्ण योगदान छ। 

०००

त्यतिबेला उनको वास्तविक उमेर १६ थियो। तर, १८ वर्षको उमेर बनाएर जबर्जस्ती प्युठानमै राणा सरकारले आफ्नो तारा दलको पल्टनमा उनलाई भर्ना गरिदियो। आफैंप्रतिको गर्वले छाती तन्काउँदै बस्नेत सुनाउँछन्, ‘म एकदम लायक थिएँ। जसले पनि मन पराउँथ्यो। राम्रो पनि थिएँ। राणाकालमा बोल्न पाइँदैनथ्यो। उनीहरुले भनेपछि प्रतिवाद गर्न मिल्दैनथ्यो। बडा हाकिमले लगेर मलाई भर्ना गरिदिए।’

Ncell 2
Ncell 2
nimb
nimb

पाठशालामा चण्डी पढिसकेपछि मात्र वेद पढ्न पाइन्थ्यो। तर, क्षेत्रीले वेद पढ्न हुँदैन भन्ने मान्यताले बस्नेतको पढाइ चण्डीभन्दा अगाडि बढ्न सकेन। त्यसपछि उनले लेसी पढे। राणाकालमा कानुनको पढाईलाई लेसी भन्ने गरिन्थ्यो। अदालतको डिठ्ठाले हरेक जिल्लामा लेसी पढाउने गर्थे। एउटा जिल्लामा वार्षिक १० जनाले मात्र पढ्न पाउँथे। त्यसमा पनि जमिन्दार र मुखियाका छोराले मात्र। बस्नेत मुखियाको छोरा भएकाले मात्रै लेसी पढ्न पाए।

लेसी ४ वर्ष जति पढ्न पाइन्थ्यो। पढ्दै गर्दा राणा सरकारले आफ्नो फौजमा भर्ना गरेकाले उनले दुई वर्ष मात्रै लेसी पढे। तारा दलमा पनि दुई वर्ष काम गरेपछि राजनीनामा दिएर उनी गोरखपुर पुनाघाटमा पुगे। र, ब्रिटिस आर्मीमा भर्ना भए।

ब्रिटिस आर्मीमा नाम निस्किएपछि उनी देहरादुनतिर लागे। त्यहाँ उनी इन्डियाको फोर्थ नाइन गोर्खामा कार्यरत भए। फोर्थ नाइन गोर्खामा कार्यरत रहँदा तत्कालीन बर्माको लडाइँ लडे। बर्माको लडाइँ सकिएपछि पल्टन इन्डिया फर्कियो। इन्डियामै उनीहरु काम गर्दै थिए। त्यतिबेला ब्रिटिस सरकार विरुद्धको ‘भारत छोडो’ आन्दोलन उत्कर्षमा थियो। आन्दोलनको रापमा टिक्न नसक्ने महुसुस गरेको ब्रिटिस पनि भारत छाड्ने तरखर गर्दै थिए। पल्टनको संख्या पनि कम गर्ने तयारी थालिँदै थियो। त्यही मेसोमा ब्रिटिस सरकारले घर फर्किन चाहने आर्मीलाई घर जान सकुर्लर जारी गर्‍यो।

बस्नेतको पल्टनबाट १ सय ६० जना घर फर्कने भए। उनीहरुको सामान जाँच  हुने भयो। जाँचका क्रममा उनले केही विषयमा असहमति जनाए। त्यतिबेला बटालियन हवल्दार मेजर छुट्टीमा घर गएकाले हवल्दार मेजरको काम गर्ने बस्नेत नै थिए। त्यति धेरै युद्ध लडेका आर्मीलाई घर फर्किदा पहिले दिएको भन्दा पनि कम पैसा दिने भनेर ब्रिटिस सरकारले सकुर्लर जारी गर्‍यो। उनकै अगुवाइमा त्यहाँ आन्दोलन भयो। ब्यारेकसमेत तोडफोड भयो।

अर्को पल्टन ल्याएर उनीहरुलाई घेरियो। अनुशासन तोडेकाले सबैलाई एकपटक माफी माग्न आदेश गरियो। उनी गर्वसाथ भन्छन्, ‘तर, मैले माफी मागिनँ। मलाई बलबहादुर भन्ने लेस नायक र धैर्य चन्द भन्ने लेस हवल्दारले पनि साथ दिए। त्यसपछि हामी तीनै जनालाई कोर्ट मार्सल गर्ने फैसला भयो।’ उनीहरु तीनैजना सैनिकलाई देहरादूनबाट ब्रिटेन पठाइयो, कोर्टमार्सलका लागि। ब्रिटेनमा पनि त्यस्तै  जाँच  हुने बेला त्यहाँका आर्मीले एक ब्रिटिस लेफ्टिनेन्टलाई छुरी हाने। लेफ्टिनेन्ट त्यो क्रममा घाइते भए। त्यो घटनापछि ब्रिटिस सरकारले बस्नेतसहित तीनजनालाई कोर्ट मार्सल नगर्ने भयो।

बरु ब्रिटिस सरकारले ८० दिनको बिदा दिएर उनीहरुलाई घर पठायो। बिदापश्चात् पल्टनमै मिसिन आदेश दियो। विक्रम सम्वत् २००४ सालमा (सन् १९४६ मा) उनीहरु घर (नेपाल) फर्किए।

सरकारले दिएको बिदा सकिएपछि पल्टनमा हाजिर हुन तीन जना नै पुनाघाटतर्फ लागे। त्यतिबेला उनीहरु होटलमा बसेका थिए। त्यहीँ पूर्व कांग्रेस महामन्त्री एवम् पूर्व उद्योग–वाणिज्य तथा रसद मन्त्री महेन्द्रविक्रम शाहसँग उनीहरुको भेट भयो। भेटपछि शाहले भने, ‘तपाईंहरु किन आफ्नो पल्टनमा जानुहुन्छ। नजानुहोस्। देशमै क्रान्ति चलिरहेको छ। यही क्रान्तिमा लाग्नुहोस्।’

शाहको कुरा बस्नेतलाई चित्त बुझ्यो। बलबहादुर क्रान्तिमा नलाग्ने भनेर पल्टन नै फर्किए। बस्नेत र उनका साथी धैर्य चन्द भने मुक्ति सेनामा संलग्न हुने निर्णयमा पुगे। ‘सुरुमा मुक्ति सेनामा भर्ना हुने अधिकांश ब्रिटिस आर्मी नै थिए,’ उनले भने। 

नेपालमा सुरु भएको राणा शासनविरुद्धको क्रान्तिमा संलग्न हुने भएपछि महेन्द्रविक्रम शाहले बस्नेत र उनका साथीलाई कलकत्ता लिएर गए। त्यहाँ महेन्द्र विक्रमले उनीहरुलाई सुवर्ण शमशेरसँग भेट गराए। धैर्य चन्दलाई शुवर्ण शमसेरले आफूसँगै राखे। तर, बस्नेतलाई भने क्रान्तिमै होमिन भने, ‘तपाईं टाठोबाठो हुनुहुन्छ। तगडा हुनुहुन्छ। क्रान्तिमै जानुहोस्। त्यसपछि उनी पुनः नेपाल फर्किए।

नेपाल फर्केको केही समयपछि बस्नेत लडाइँमा होमिए। क्रान्ति सुरुवात पश्चिम नेपालबाट भयो। मुक्तिसेनाले पूर्वतिर सफलता पाउन सकेको थिएन। त्यसैले पश्चिमतिर ‘कृष्णनगर–सल्यान’ क्षेत्र तोकेर मुक्तिसेना त्यसतर्फ लाग्यो। त्यस क्षेत्रमा उपाध्यक्षको जिम्मेवारी बस्नेतलाई नै दिइयो। उनले राप्ती अञ्चलकै क्रान्तिको जिम्मा समेत लिए।

काठमाडौंमा समेत आन्दोलनको तयारी हुँदै थियो। मातृकाप्रसाद कोइराला कांग्रेसको सभापति भए। राणाशासन विरुद्ध कांग्रेस आक्रामक बन्दै गयो। चौतर्फी विरोध चर्कँर्दै गयो। त्यसैबेला नेपाली कांग्रेसले आन्दोलनको घोषणा गर्‍यो। आन्दोलनमा बस्नेत पनि होमिए। दाङ–देउखुरी, सल्यान, प्युठान बस्नेतकै नेतृत्वमा कब्जा भयो। नेपालगञ्ज कब्जा गर्दा पनि बस्नेत सहयोगका लागि त्यहाँ पुगेको थिए। पश्चिमतर्फ लडाइँको सुरुवात कोइलाबास बजार अड्डाबाट भएको बस्नेत बताउँछन्। 

राणा शासनको अन्त्यपछि मुक्ति सेना रक्षा दल हुँदै २०१२ सालमा नेपाल प्रहरी फोर्स बन्यो। उनी प्रहरी फोर्समा डिएसपी भए। देश चलाउन निजामति कर्मचारी, आर्मी र प्रहरीको प्रमुख भूमिका हुने बस्नेत बताउँछन्। तीनै क्षेत्रमा काम गर्ने मौका पाएको एउटै व्यक्ति विश्वमा विरलै भेटिन्छन्। उनी आफूसँग तिनै क्षेत्रमा काम गरेको अनुभव रहेको गर्वसाथ उल्लेख गर्छन्। बस्नेत ब्रिटिस आर्मीको हवल्दार, मुक्ति सेनाको कप्तानपछि नेपाल प्रहरीको एसपी र निजामति कर्मचारीको सह–सचिवसम्म भए। 

आफूभन्दा जुनियरलाई डिआइजी बनाएपछि बस्नेतले २०२७ सालमा एसपीबाट राजिनामा दिए। बस्नेतले राजिनामा दिएपनि दुईवर्ष बढाएर सरकारले पेन्सनको व्यवस्था गर्‍यो। २०३१ सालमा तत्कालिन सरकारले अर्थ मन्त्रालयको राजश्व तथा अनुसन्धान महाशाखामा बस्नेतलाई सह-सचिवमा नियुक्त गर्‍यो। र, साढे ८ वर्ष त्यहाँ काम गरेपछि बस्नेत २०४० सालमा सेवा निवृत्त भए।

०००

मुक्तिसेना गठनमा राजा त्रिभुवनको मुख्य भूमिका रहेको बस्नेतको दाबी छ। उनी भन्छन्, ‘राणा शासन विरुद्ध लड्न नै राजा त्रिभुवनले मुक्ति सेना बनाएका हुन्। यति मात्रै होइन कि कांग्रेसको स्थापनामा समेत त्रिभुवन उत्तिकै सशक्त छ।’

उनका अनुसार २००४ सालमा राजा त्रिभुवन कलकत्ता गए। त्यो २००७ सालमा भारत निर्वासन जानुअघिको कुरा हो। दुई छोराको बिहे भइसकेपछि जगन्नाथ मन्दिरको दर्शन गर्ने भनेर महेन्द्रविक्रम शाह (कांग्रेसका पूर्व महामन्त्री)को अनुरोधमा राजा त्रिभुवन कलकत्ता पुगे। राजा त्रिभुवनले शुवर्ण शमसेर र महावीर शमसेरलाई भेटे। राजा त्रिभुवनले उनीहरुलाई देशमा यस्तो अवस्था छ, किन यसरी चुप लागेर बसेका छौं, केही काम गरेर बस भन्ने सल्लाह दिए। 

राजा त्रिभुवनले नै सुवर्ण शमशेरलाई प्रजातान्त्रिक कांग्रेस गठन गर्न र त्यहीँबाट काम गर्न सल्लाह दिए। त्यसपछि शुवर्ण शमसेर सभापति र महेन्द्रविक्रम शाह सचिव भएर काम गर्न थाले। लगत्तै राजा त्रिभुवन नेपाल फर्किए। आफ्नो दाबी अझ बलियो बनाउँन बस्नेत सुनाउँछन्, ‘पछि मात्रिकाप्रसाद कोइरालालाई कलकत्ता गएर महेन्द्रविक्रम शाहसँग भेट्न त्रिभुवनले खबर पठाए। केही समयपछि  मात्रिका नै कांग्रेस सभापति बने। र, कलकत्तामै कांग्रेसको कार्यालय स्थापना भयो।’

०००

बस्नेतले पढ्दासम्म प्युठानलगायत आसपासका जिल्लामा विद्यालय थिएन। पछि बस्नेतकै नेतृत्वमा मुक्तिसेनाले प्युठानको रातामाटामा मुक्ति हाइस्कुल स्थापना गर्‍यो। 

मुक्ति हाइस्कुल स्थापनाको सन्दर्भ पनि रोचक छ।

मुक्ति सेनाको कप्तान भएपछि २००८ सालमा बस्नेतले हाइस्कुल स्थापनाको नेतृत्व लिए। त्यतिबेला उनको तलब मासिक १ सय रुपैयाँ थियो। त्यो हाइस्कूल बन्न १ सय ३० जना मुक्ति सेनाको सहयोग छ। त्यो निर्माण हुनुपूर्व ६ महिनाको तलब रोकिएको थियो। ६ महिनाको तलब आउनेबित्तिकै बस्नेतले तलबको एक चौथाई रकम विद्यालय स्थापनका लागि सहयोग गर्न आग्रह गरे। अनि, ठडियो प्युठानकै पहिलो विद्यालय मुक्ति हाइस्कुल।

उनले निजामति, आर्मी र प्रहरी गरी आफूले तीन क्षेत्रमा काम गरेको बताएका थिए। शिक्षा क्षेत्रमा पनि योगदान रहेको कुराकानीको अन्त्यमा खुल्यो। 

कुराकानी अन्त्यै गर्दै भनियो, ‘तपाईंले तीन मात्र होइन, चारवटा क्षेत्रमा काम गर्नुभएको रहेछ!’

उनले सहमति जनाउ दिने हाँसो हाँसे।

भिडियोः

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्