बुटवल– बुटवल मण्डपमा सञ्चालित सूचना–प्रविधिको मेला क्यान इन्फोटेक तीन करोडको आर्थिक कारोबार गर्दै सकिएको छ।
कम्प्युटर एसोसिएसन अफ नेपाल रुपन्देहीको आयोजनामा फागुन २ गतेबाट भएको मेलाको पौने २ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ।
मेलामा हार्डवेयर सेल्स तथा मेन्टनेन्स, पावर सोलुसन, मोबाइल एसेसेरिज, डिलर र डिस्ट्रिब्युटर्स, टेलिकम्युनिकेसन, आइएसपी लगायतका १ सय ३६ वटा स्टल राखिएको थिए।
मेला समापनका अवसरमा बोल्दै क्यान केन्द्रीय उपाध्यक्ष नवराज कुँवरले प्रदेश नम्बर ५ लाई सूचना–प्रविधिको हबका रुपमा विकास गर्न क्यान मेलाले सकारात्मक भूमिका खेलिरहेको बताए।
क्यान रुपन्देहीका अध्यक्ष नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्यान उपाध्यक्ष माधव अर्याल, लुम्बिनी इञ्जिनियरिङ कलेजका प्राचार्य जेएन पाण्डे, क्यान सचिव वीरबहादुर क्षेत्री लगायतले यस्ता मेलाहरु थप परिस्कृत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।