मुम्बई (एजेन्सी)– सञ्जय दत्तको बायोपिकमा उनको भुमिका रणबीर कपुरले गर्दैछन्। तर, यही फिल्ममा सलमान खानको भुमिका कसले गर्दैछन्, यो सवैका लागि रोचक विषय हुन सक्छ। सञ्जयको बायोपिकमा पद्मावतमा ‘गे’ को भुमिका निर्वाह गरेका जिम सरभको नाम बताइएको छ। उनले ‘निरजा’ फिल्ममा आंतकवादीको भूमिका निर्वाह गरेका थिए।
सलमान र संजय कुनैबेलाको गहिरो साथी थिए। पछि उनीहरूबीच झगडा भएको थियो। सञ्जय जेलबाट छुटेपछि सलमान उनलाई भेट्न गएका थिएनन्। त्यही घटना झगडाको कारण बताइन्छ। फिल्मसँग जोडिएका व्यक्तिहरूले बायोपिकमा सञ्जय र सलमानको दोस्तीलाई पनि विशेष स्थान दिइएको बताएका छन्।
पद्मावत र निरजामा सरभले गरेको कामको खुब तारिफ भएको थियो। त्यसैले उनलाई सलमानको भुमिका सुम्पिन लागिएको हो। फिल्ममा सोनम कपुर, दिया मिर्जा र मनिषा कोइरालाको भुमिका पनि महत्वपूर्ण मानिएको छ। बायोपिकको निर्देशन राजकुमार हिरानीले गर्दैछन्। फिल्मको नाम कन्फर्म भएको छैन्। फिल्म २९ जुनमा रिलिज हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।