नयाँ दिल्ली (एजेन्सी)– फिल्म 'प्याडम्यान' ले प्रचारप्रसार र प्रशंसा भए अनुसार व्यापार गर्न असफल देखिएको छ। बलिउड बक्स अफिसमा फिल्मको साप्ताहिक व्यापार औसत मात्र रह्यो।
फिल्मले ९ दिनमा ६७ करोड व्यापार गरेको छ। तर, फिल्मको कुल लगानी ७० करोड रहेकाले अझै पनि फिल्म घाटामै रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
फिल्मको व्यापार अपेक्षा अनुसार नभएको भन्दै सञ्चार माध्यमहरुमा अक्षयको हालसम्मकै असफल फिल्मका रुपमा समाचार प्रकाशन भइरहेका छन्।
विश्वभरका ३ हजार ३ सय ५० स्क्रिनमा लागेको 'प्याडम्यान'ले यो साता थप १३ करोडको व्यापार गर्न सके बक्स अफिसको हिटलिस्टमा रहने सम्भावना भने अझै रहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।