काठमाडौैं–ब्राउन सुगरसहित प्रहरीले २ जना बिद्यार्थीलाई पक्राउ गरेको छ।
पशुपति स्थित सडक किनारबाट बाँके कोहलपुर नगरपालिका–११ घर भएका २२ बर्षीय प्रशान्त मल्ल र मुगु छायाँनाथ रारा नगरपालिका–८ घर भएका २० बर्षीय एचए सागर शाहलाई लागू औषध खैरो हेरोईन १२ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका मल्ल होटल मेनेजमेन्ट तथा शाह एचएका बिद्यार्थी भएको लागूऔषध नियन्त्रण ब्यूरोका डिआईजी ठुले राईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।