काठमाडौं– रोमान्स, एक्सन र कमेडी जनरामा आधारित फिल्म 'रणवीर'को निर्माण घोषणा भएको छ।
आइतबार आयोजित कार्यक्रममा शिक्षित र मिहिनेती युवकको जीवनका उतारचढावको कथा फिल्ममा प्रस्तुत गरिने निर्माण पक्षले जानकारी दियो।
सुशील सिटौला, शुभेक्षा खड्का, प्रशान्त ताम्राकारको मुख्य अभिनय रहने फिल्ममा सुपुष्पा भट्ट, टीका पहाडी, रवि गिरी, नरेश पौड्याल, हरिहर शर्मा, भोलाराज सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ।
गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहने फिल्मको छायांकन महेश पौडेलले गर्नेछन्। फिल्मको छायांकन काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा लगायतका स्थानमा गरिने जनाइएको छ।
केही समयअघि फिल्म 'रानीमहल'मा अनुबन्धित प्रशान्तले समय अभावका कारण 'रणवीर'कै लागि रानीमहल छाडेको बताए। फिल्म फागुन ७ बाट फ्लोरमा जाँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।