काठमाडौँ- झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राजधानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ।
नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका व्यवसायीले प्रदर्शनीमा स्टल राखेका थिए।
कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि शुरु भएको सो मेलामा १० करोड रुपैयाँभन्दा बढी रकमको कारोबार भएको छ।
प्रदर्शनीमा साना औजार, यन्त्रदेखि कृषि, दुग्ध उद्योग तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्रीवितरण भएको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड(सोनालिका), महेन्द्रा कम्पनी, पोषकदाना, नेपाल पोल्ट्री महासंघ, कृषि उद्यम केन्द्र–नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।