काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्तालाई १६० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
कम्पनीको उक्त हकप्रदको लागि फागुन १७ गते बुक क्लोज गर्ने नेप्सेले जनाएको छ। फागुन १६ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रदमा आवेदन दिने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको ३२ दशमलब ५ प्रतिशत बोनस सेयर र उक्त बोनसमा लाग्ने करसहित १२ दशमलब ५ प्रतिशत लाभांश पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ छ। कम्पनीले हकप्रद निष्कासन गरेपछि चुक्ता पुँजी एक अर्ब ५८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ। उक्त पुँजीमा १२.५ प्रतिशत बोनसपछि चुक्ता पुँजी एक अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।