काठमाडौं- निरन्तर ओरालो लागेको नेप्से परिसूचक नयाँ सरकार बन्ने आसामा अघिल्लो साताको अन्तिम दुई दिनको कारोबारमा बढेको थियो।
बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सपथ लिए। नयाँ सरकार बनेसँगै लगानीकर्तामा एक किसिमको उत्साह थपियो, देशले स्थायी सरकार पाउने आसामा लगानीकर्ताहरु सेयर खरिद गर्नेतर्फ लागेका थिए। बिहीबार परिसूचकमा ३६ दशमलब ०१ अंकको वृद्धि भएको थियो।
मनोवैज्ञानिक असर पर्ने नेपाली पुँजीका लगानीकर्तामा स्थायी सरकार बन्ने या नबन्नेमा अझै अन्योल कायम रहेका कारण आइतबार बजारमा नकारात्मक असर परेको सेयर जानकारहरु बताउँछन्। साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ११ दशमलब शून्य ५ अंकले घटेको छ।
बिहीबार ६५ करोडभन्दा माथिको सेयर किनबेच भएको बजारमा आइतबार कारोबारमा पनि गिरावट आएको छ। यस दिन १ सय ५९ कम्पनीको ५९ करोड ६ लाख ६० हजार १२ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आइतबार बजारमा कारोबारमा आएका ९ उपसमूहमा गिरावट आएको छ। यस दिन उत्पादन तथा प्रशोधन समूहमा ९ दशमलब ६९ अंकले वृद्धि भएको छ।
आइतबार बिमा समूहमा १ सय ७ दशमलब ४८ अंकले गिरावट आएको छ। त्यस्तै, होटल समूहमा ३८ दशमलब ६४ अंकको गिरावट आएको छ। यस दिन माइक्रोफाइनान्स समूहमा ३० दशमलब ३२ अंकले गिरावट आएको छ।
आइतबार बैंकिङ समूह अन्तर्गतका वित्तीय संस्थाको सर्वाधिक सेयर कारोबार भएको छ। यस दिन नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार सर्वाधिक भएको छ। बैंकको २ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सानिमा बैंकको २ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिन प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य १६ रुपैयाँ अर्थात् ७ दशमलब ५४ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, सहयोगी विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले घटेको छ।
सर्वाधिक कमाउने १० कम्पनी:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।