काठमाडौं– ‘मिस ई-कलेज २०१८’को उपाधि काजल तामाङले हात पारेकी छन्।
अक्षरा स्कुल काँडाघारीमा शनिबार आयोजित कार्यक्रममा २० वर्षीय काजललाई मिस ई-कलेज २०१५ की विजेता नीतिका कर्माचार्यले ताज पहिर्याइन्।
काजलले ताजसँगै १ लाख ८० हजार बराबरको स्कुटर, ५ दिनको बैंकक भ्रमणका साथै विभिन्न संघ-संस्थाबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन्। उनले ‘मिस पर्सनालिटी'को अवार्ड समेत जितिन्।
प्रतियोगितामा सोफिया श्रेष्ठ फस्ट रनरअप भइन्। उनले अर्गनाइजर च्वाइस अवार्ड र बेस्ट क्रियटिभिटी अवार्ड प्राप्त गरिन्। त्यस्तै, आस्मी गौतम सेकेन्ड रनरअप घोषित भइन्।
उनीहरु दुवै जनाले डोगी स्मार्टफोनसहित ५ दिने बैंकक भ्रमणको प्याकेज पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।