एजेन्सी– मलयालम फिल्मकी अभिनेत्री प्रिया प्रकाश एक भिडियोमा दिएको ‘एक्प्रेसन’ बाट यतिबेला खुव चर्चामा छिन्। यही चर्चामा रहेकी भाईरल गर्ल प्रियाको प्रशंसा गर्दै बलिउड अभिनेता ऋषि कपुरले ट्विट गरे। ट्विटमा उनले प्रियाको उत्कृष्ट कामको प्रशंसा गर्दै बढ्दो ‘स्टार्डम’ तर्फ पनि संकेत गरेका थिए।
ऋषिले आफ्नो ट्विटमा प्रियालाई आफूले फिल्म निमार्ण तथा निर्देशन गर्ने समयमा किन नआएको भन्दै प्रश्न गरेका थिए। यहीँ ट्विटको विषयलाई लिएर प्रिया र ऋषि ट्रोलको सिकार बनिरहेका छन्।
साथमा ऋषि कपुरको सञ्चार माध्यममा खुव आलोचना भईरहेको छ। कतिपय समाजिक सञ्जालका प्रयोगकर्ताले ऋषिलाई निकै गहकिला स्टाट्स समेत पठाएका छन्।
कपुरको ट्विटलाई लिएर एक प्रयोगकर्ताले प्रिया प्रकाशको अपोजिट आफ्नो छोरा रणबीर कपुरलाई कास्ट गर्न सुझाव दिएका छन्। यसैगरि अन्य प्रयोगकर्ताले भनेका छन, ‘बेटा जवान हो गया है, अब तो बस करो।’
हुनत, ऋषिका बिषयमा ट्रोल बन्नु खासै नौलो बिषय होईन। उनी कमजोर ‘सेन्स अफ ह्युमर’ का कारण ट्रोलको शिकार बनिरहेका हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।