मुम्बई (एजेन्सी)– बलिउडका सुपर स्टार अमिताभ बच्चनका छोरा अभिषेक ११ वर्षपछि कुनै फिल्मको मुख्य भूमिकामा देखा पर्दैछन्। प्रियदर्शनको फिल्म ‘बच्चन सिंह’ का लागि उनलाई मुख्य भूमिकामा अफर गरिएको छ। फिल्मको सुटिङ ५ जुनदेखि धर्मशालाबाट सुरु हुँदैछ।
फिल्मको कहानी पुरा भएको तर हिरोइन छनोट गर्न बाँकी रहेको बताइएको छ। फिल्मका लागि थुप्रै हिरोइनसँग कुरा भइरहेको छ। यसको जानकारी प्रियदर्शनले दिएका हुन्। उनको नयाँ फिल्म पारिवारिक कमेडीमा आधारित हुनेछ।
३६ वर्ष लामो फिल्मी करिअरमा प्रियदर्शनको यो ९३ औं फिल्म हो। अभिषेक केही वर्षदेखि बेरोजगार बसिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।