एजेन्सी– बलिउड नायिकाहरू ‘हयान्ड ब्याग’मा निकै सोख राख्ने गर्छन्। यसमा सबैभन्दा अगाडि छन्, करिना कपुर र दीपिका पादुकोण। सपिङमा रमाउने करिनासँग हयान्ड ब्यागको थुप्रै कलेक्सन छ। उनीसँग चानेल, बोटेगा, गिभेन्ची लगायत महँगो ब्रान्डका ब्यागहरुको कलेक्सन छ। उनी हेर्मेस बिर्किन इप्सोम ब्रान्डको ब्याग पनि बोक्न रुचाउँछिन्। जसको मूल्य नै ८ लाख २६ हजार मानिन्छ।
यस्तै, दीपिका पनि करिना झैं महँगो ब्याग बोक्न रुचाउँछिन्। उनीसँग गुची, चानेल ब्रान्डको ब्यागको संकलन छ।
अर्की नायिका आलिया भट्टसँग उबेर लक्जरी ब्रान्डको ब्याग छ। उनी टोड्स फ्रिङ्गेट ब्रान्डको ब्याग बोक्न बढी रुचाउँछिन्। यसको मूल्य १ लाख रुपैयाँ पर्छ।
अनुष्का शर्मासँग पनि थुप्रै ब्रान्डको ब्याग छ। उनी फेन्डी मोनेस्टरको ब्याग बोक्न मन पराउँछिन्। यो ब्यागको मूल्य १ लाख २० हजार रुपैयाँ पर्छ। उनीसँग टोटेस, एलेक्जेन्डर म्याक्विन ब्रान्डको ब्यागको कलेक्सन पनि छ।
सोनम कपुरसँग पनि थुप्रै ब्यागको कलेक्सन छ। उनी प्रायः चानेल ब्रान्डको ब्याग बोक्ने गर्छिन्। जसको मूल्य ४ लाख रुपैयाँ पर्छ। उनीसँग डियोर, पाउल का, बालेन्सियागा, हर्मेस केली ब्रान्डको व्यागको कलेक्सन छ।
हाल हलिउडमा आफ्नो भाग्य परीक्षा गरिरहेकी प्रियंका चोपडा ब्याग कलेक्सनको लागि ‘क्रेजी’ मानिन्छिन्। उनीसँग सयभन्दा बढी ब्याग छ। उनको कलेक्सनमा सबैभन्दा धेरै भालेन्टिनो गाराभानी रोक्स्टुड ब्रान्डका ब्यागहरु छन्। यो ब्यागको मूल्य १ लाख २५ हजार रुपैयाँ पर्छ।
शिल्पा सेट्टीसँग पनि विभिन्न ब्रान्डको ब्यागको संकलन छ। उनीसँग डियोर ब्रान्डको ब्यागको कलेक्सन पनि छ। जसको मूल्य ३ लाख पर्छ। उनी एलेक्जेन्डर म्याक्विन ब्रान्डको ब्याग पनि बोक्न मन पराउँछिन्। जसको मूल्य ७० हजारदेखि २ लाख रुपैयाँ पर्छ।
यस्तै, ज्याकलिन फर्नान्डिज ‘लुइस भुइटोन मिनी अल्मा’ ब्रान्डको ब्याग बोक्न रुचाउँछिन्। उनीसँग गुची ब्रान्डको व्याग पनि छ। यसको मूल्य १ लाख रुपैयाँ पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।