विराटनगर– जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरले शनिबार धुर्मुस–सुन्तली फाउन्डेसनलाई २ लाख १२ हजार २ सय २२ रुपैयाँ सहयोग प्रदान गरेको छ।
प्रतिष्ठानले १ लाख १ हजार १ सय ११ र कृष्ण दाना ग्रामथानको तर्फबाट रोहण जमरकट्टेलले हजुरबुवा दुर्गाप्रसाद जमरकट्टेलको सम्झनामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन्। सहयोग रकमको चेक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई हस्तान्तरण गरे।
स्मरण क्षमतामा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ बनाएका झापा भद्रपुर नगरपालिका–८ का अर्पण शर्मा र फाउन्डेसनका अध्यक्ष कट्टेललाई मुख्यमन्त्री राईले दोसल्ला ओढाएर कदरपत्र दिएका थिए।
कार्यक्रममा भारद्वाज ऋषिको सालिक पनि अनावरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।