नयाँ दिल्ली (एजेन्सी)- मलयालम फिल्मकी अभिनेत्री प्रिया प्रकाशको भाइरल भिडियोको विषयमा विवाद बढ्दै गएको छ। यसै क्रममा हरियाणाको फतेहावाद शिक्षा विभागले प्रियाले आँखा झिम्क्याएको भिडियो स्कुले बालबालिकालाई नदेखाउन आदेश दिएको छ।
यसअघि सो गीतले धार्मिक भावनामा आहत पुर्या एको भन्दै प्रतिबन्ध लगाउन समेत माग गरिएको थियो। गीतप्रति आपत्ति जनाउँदै मुम्बईको रजा एकेडेमी नामक संगठनले आन्ध्र प्रदेशको प्रहरी कार्यालयमा अभियोगपत्र समेत दर्ता भएको थियो। अभियोगपत्रमा गीतमा धार्मिक शब्दको गलत प्रयोग गरिएको उल्लेख गरिएको थियो।
रजा एकेडेमीले सेन्सर बोर्डका प्रमुख प्रसून जोशीलाई समेत पत्र लेख्दै गीतले धार्मिक भावनामा ठेस पुर्याेएको बताएको थियो।
यसैबीच, भाजपाका एक नेताले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै बोर्ड परीक्षालाई ध्यानमा राख्दै भिडियोमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। मध्यप्रदेशको हौशंगाबादस्थित भाजपाका जिल्ला संयोजक सञ्जीव मिश्राले फेसबुक स्टाटस लेख्दै प्रियाको फ्यान बन्नुभन्दा पकौडा बेच्ने काम उत्तम भएको भन्दै युवाहरुलाई सुझाव दिएका छन्।
उनले लेखेका छन्, 'जुन देशमा एउटी केटीले आँखा झिम्काउँदा २४ घन्टाभित्र लाखौं प्रसंशक बन्छन्, त्यस देशका युवा पकौडा बेच्नका लागि लायक हुन्छन्।’
१८ वर्षीया प्रिया बि.कम. पहिलो वर्षकी छात्रा हुन्। उनको डेब्यू फिल्म ‘ओरु आदर लभ’को ‘मानिक्य मलाराया पूवी’ बोलको गीत प्रणय दिवसमा भाइरल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।