नयाँ दिल्ली (एजेन्सी)– प्रियंका चोपडा मात्र होइन्, ज्याकलिन फर्नान्डिज, श्रद्धा कपुर, सोनम कपुर, निम्रत कौर, लिजा हेडनदेखि काजोलसम्म बलिउडका स्टार नायिकाहरू डायमन्ड व्यापारी निरव मोदीको ज्वेलरीको विज्ञापनमा देखा परिसकेका छन्।
निरव हाइ प्रोफाइल सोसाइटीको चर्चित नाम हो। तर, उनी अहिले पंजाब नेशनल बैंक ठगी काण्डमा फसेका छन्। र, बैक ठगीमा उनको संलग्नताले गर्दा बलिउड मात्र होइन, हलिउडमा समेत हलचल मच्चिएको छ।
निरवको ज्वेलरी ब्रान्डमा धेरै चर्चित कलाकारले काम गरिसकेका छन्। ठगी काण्डपछि प्रियंका जहाँ निरवको कम्पनीसँगको सम्झौता रद्द गर्न कानुनी सरसल्लाहमा जुटेकी छन्, त्यही अन्य कलाकार पनि उनीसँगको सम्झौता रद्द गर्ने तयारीमा छन्।
बलिउडका वरिष्ठ अभिनेता ऋषि कपुरले ट्विट गर्दै २०११ देखि यति ठूलो ऋणको खोजी नभएको घटनाप्रति प्रश्न उठाएका छन्।
निरवमाथि पञ्जाब बैंकको करिब ११ हजार ३ सय करोड ठगीको मुद्दा छ। उनको डायमन्ड कम्पनीको विज्ञापनमा ‘५० शेड्स अफ ग्रे’ की नायिका डकोटा जोन्सन, ‘टाइटानिक’ की नायिका केट विन्स्लेट र भिक्टोरिया सेक्रेटकी मोडल रोजी हन्टिङ्टनले पनि काम गरिसकेकी छन्। २०१७ मा फोर्ब्सले सार्वजनिक गरेको सूचीमा निरव भारतको ८४औं धनी व्यक्तिमा समावेश भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।