मुम्बई (एजेन्सी)– बलिउडकी चर्चित गायिका आशा भोषले पाँचौं यश चोपडा स्मृति अवार्डबाट सम्मानित भएकी छिन्। उनलाई शुक्रबार मुम्बईमा आयोजित कार्यक्रममा बलिउड नायिका रेखाले पुरस्कृत गरेकी थिइन्।
‘उमराओ जान’ (१९८१) फिल्ममा आशाले गाएको गीत ‘दिल चिज क्या हे’ बाट रेखाले बलिउडमा थप उचाइ प्राप्त गरेकी थिइन्। पुरस्कार वितरण कार्यक्रममा आशालाई भेटेपछि उनी भावुक बनेकी थिइन्। उनले पुरस्कार वितरणपछि आशाको खुट्टा ढोगेकी थिइन्।
उनले यस अवसरमा आफ्नो मुटुमा आशा र लता मंगेशकरका लागि विशेष स्थान रहेको बताइन्। कार्यक्रममा पद्मिनी कोल्हापुरी, पुनम ढिल्लन, जेकी श्राफ, परिणिती चोपडा, डेभिड धवन, यश चोपडाकी श्रीमती पामेला चोपडाको पनि उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।