बलिउड फिल्म उद्योगका अर्का फिट एन्ड फाइन अभिनेता हुन्, आमिर खान। बलिउडमा मिस्टर पर्फेक्सनिस्टका नामले चिनिएका उनको दिनचर्या र अनुशासन पनि उस्तै पर्फेक्ट छ। ‘हेल्दी डाइट, एक्सरसाइज र त्यसपछि आराम’ यसलाई उनले गुरुमन्त्र बनाएका छन्।
हेल्दी डाइटका लागि आमिर खानामा कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको उचित मात्रा मिलाउँछन्। आवश्यक परेछ भने डाइटिङ गरे पनि हुन्छ भन्ने उनको मन्यता छ र तर डाइटिङ गर्ने बहानामा भोकै बस्नु अथवा कम खानु चाहिँ हुँदैन भन्नेमा उनी प्रस्ट छ । खानामा कार्बोहाइड्रेड, फ्याट र प्रोटिनको मात्रा मिलाएर घटाई डाइटिङ गर्न उनी अरूलाई पनि सुझाव दिन्छन्।
शरीरलाई स्वस्थ राख्न प्रशस्तै पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ। हरेक दिन उनी ४ देखि ६ लिटर पानी खान्छन्। साथै, फलफूल, ब्राउन ब्रेड र दूध पनि नियमित खान्छन्।
आमिर वाकिङ, जगिङ र स्विमिङ नियमित गर्छन्। जिममा पनि उनी असाध्यै लगनशील हुन्छन्। व्यायाम गर्दा उनी विशेषगरी पुस अप्समा जोड दिन्छन्। बिहान उठेर टेनिस खेल्छन्। उनलाई दिनहुँ ८ घन्टा नसुती चित्तै बुझ्दैन। शरीरलई आराम पुगेन र थकान महसुस भयो भने कुनै पनि काम राम्रोसँग गर्न सकिँदैन भन्ने उनको सोचाइ छ।
वर्कआउट र जिममा बढी मेहनत गरेर उनले एट प्याक एब्स बनाएका छन्। यसअघि फिल्म ‘गजनी’मा पनि उनले भव्य ज्यान बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।