बलिउडमा बलिष्ठ ज्यान भएका सबैभन्दा ह्यान्डसम अभिनेतामा गनिन्छन्, सलमान खान। बाइसेप्स, ट्राइसेप्स र एब्सको सदाबहार भव्य साइजमा उनलाई बलिउडका अन्य अभिनेताभन्दा माथि मानिन्छ।
शरीरको स्याहारमा सलमानले विशेष ध्यान दिने गरेका छन्। उनी हरेक दिन व्यायाम र जिम गर्छन्। साथै, बाह्रैमास जगिङ पनि गर्छन्। जस्तोसुकै खराब मौसममा पनि उनी जगिङ गर्नबाट चुक्दैनन्।
दिनहुँ करिब दुई घन्टा व्यायाम र जिम गर्ने उनी त्यतिबेला कसैलाई भेट्दैनन्। व्यायाम गर्दा ट्राइसेप, लेग, ब्याक र बाइसेपका मांसपेशीमा राम्रोसँग कसरत पुगोस् भन्नेमा उनी सचेत हुन्छन्।
सेट–अप्स, पुल–अप्स, चिन–अप्स उनी हरेक दिन करिब पाँच सय पटक गर्छन्। व्यायाम र जगिङबाट शरीरलाई आवश्यक कसरत पुगेनजस्तो लाग्यो भने उनी साइकल कुदाउन निस्किन्छन्। यसरी साइकलिङमा निस्किँदा उनले १० किलोमिटरसम्म साइकल कुदाउँछन्। जंक फुडदेखि सलमान हमेशा टाढै बस्छन्। सन्तुलित आहारमा पनि त्यति नै ध्यान दिन्छन्। हरेक दिन उनको खानामा मासु, फलफूल र हरियो सागसब्जी अनिवार्य रूपमा हुन्छ। गुलियो खानेकुरा भरसक खाँदैनन् र आफूसँग फिटनेस टिप्स माग्न आउनेलाई पनि गुलियो नखाने सल्लाह दिन्छन्। सुगरभन्दा पनि प्रोटिनजन्य खानेकुरामा जोड दिनुपर्छ भन्ने उनको मान्यता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।