• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

७ वर्षको फिल्मी करिअरलाई फर्किएर हेर्दा म सन्तुष्ट छैन - केकी अधिकारी

64x64
नेपाल लाइभ शनिबार, फागुन ५, २०७४  १९:५६
1140x725

अभिनेत्री केकी अधिकारीलाई  फिल्म ‘मसान’मा निर्देशन गरेपछि भेट्रान निर्माता–निर्देशक नीर शाहले उनको खुलेर तारिफ गरेका थिए । उनले त्यतिबेलै केकीलाई ‘ब्युटी विथ ब्रेन’को उपमा थिए । केकीले हाल नेपाली फिल्ममा ७ वर्ष बिताइसकेकी छिन् । तर, निरन्तर ‘फ्लप’ फिल्मका बाबजुद उनी नीर शाहले दिएको ‘ब्युटी विथ ब्रेन’ को छाप छोड्न सफल छिन्।

७ वर्षको सिनेमा यात्रामा व्यस्त भए पनि सफल हुन नसकेको उनको स्विकारोक्ति छ । भन्छिन्, ‘म व्यस्त मात्र भएँ भनेर गरिने टिप्पणीलाई ‘अन्डर भ्यालु’ गर्दिनँ । फिल्म नचल्दा पनि पाएको माया एक प्रकारको सफलता नै हो । मेरो मुख्य भनाइ मेरो ग्रोथ भएन।’ 

उनै केकीसँग ७ वर्षे  करिअरको लेखाजोखा गर्दै नेपाल लाइभले गरेको कुराकानी:

हिरोइन हुनु कति सजिलो काम रहेछ?

सजिलो काम होइन । साधारणतया हेर्दा क्यामराको अगाडि गएर अलिअलि नखरा पार्‍यो, नाच्न आउँछ भने नाच्यो । तर, हिरोइन हुनु, अभिनय गर्नु भनेको कठिन काम हो। 

हिरोइन बन्नुअघि के लाग्थ्यो ?

आकर्षक काम लाग्थ्यो । करिश्मा दिदी, रेखा दिदीहरुको अन्तर्वार्ता आउँदा अलि ध्यान दिएर सुन्थेँ, हेर्थेँ । के खानुहुन्छ ? कसरी मेकअप गर्नुहुन्छ ? उहाँहरूको कुराले मलाई प्रभाव पार्थ्यो । म उहाँहरूको सोच कस्तो रहेछ भन्नेमा ध्यान दिन्थेँ।

Ncell 2
Ncell 2

आफू हिरोइन भएपछि सोचाइमा कस्तो फरक आयो ?

हिरोइन भएपछि तपाईं कसै न कसैको आँखामा परिरहनुभएको हुन्छ । सेलिब्रिटीको लाइफ स्टाइलप्रति सबैको चासो हुन्छ । त्यसैले कसरी बोल्ने ? प्रस्तुतिका कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । सेलिब्रेटीको व्यक्तिगत जीवन हुँदैन।

आफूलाई मेन्टेन गरिराख्न कतिको गाह्रो हुन्छ ?

हेर्दा आकर्षक लागे पनि मेन्टेन गर्न निकै गाह्रो पर्छ । हेराइ मात्र होइन, शरीरको हाउभाउ, बोलीचाली सबै तौलेर गर्नुपर्छ । हाम्रो बोलीमा अरुले बढी चाख दिने भएकाले बोल्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ। 

पहिलो पटक हिरोइन हुँदा पर्दामा आफ्नो चरित्रलाई प्रस्तुत गर्न कतिको गाह्रो पर्‍यो ? 

पहिलो फिल्म गर्दा मलाई खासै ज्ञान थिएन । अहिले हेर्दा थुप्रै कमजोरी देख्छु । त्यो बेला अभिनय गर्न लागेको चरित्रको ’क्यारेक्टर ग्राफ’ बनाउने बानी थिएन । यी चिजले फिल्मका दृश्यमा ल्याउने गहिराइ र स्वाभाविकताबाट म टाढा रहेछु, जुन अहिले यो कुरामा ध्यान दिन थालेको छु । अहिले पनि समस्या त छ । स्क्रिप्ट हातमा ढिलो पर्छ । कहिले १० दिन, कहिले साता दिन अगाडि त कहिले सीधै सुटिङको दिन मात्र हात पर्छ । जसले गर्दा अभिनय गरिरहेको पात्रलाई न्याय दिन सकेकी छैन। 

पहिलो फिल्म गर्दा साँच्चिकै गर्न सक्छु भनेर गरिएको थियो कि यत्तिकै ?

ब्याचलर गरेपछि फिल्म गर्छु भन्ने थियो तर गरिहाल्छु भन्ने थिएन । त्यो बेला म फिल्म गर्न मानसिक रूपले तयार थिइनँ । ’स्वर’ फिल्म नयाँ कलाकार लिएर गर्ने भनेकाले गरियो । त्यो बेला मलाई मेरो पात्र औधि मन परेर वा मेरो हिरोइन हुने समय आयो । यसबाट डेव्यु गरुँ भन्ने सोचेर गरेको होइन । कुनै योजना बनाएर नभई लहैलहैमा गरेकी थिएँ।

अहिले सम्झिँदा हिरोइन हुने निर्णय कति ठीक थियो भन्ने लाग्छ ? 

डेव्यु फिल्मले धेरै असर गर्छ । फिल्मी करिअरको नापनक्सा तय गर्ने भएकाले तपाईंले कस्तो फिल्मबाट डेव्यु गर्नुभयो, त्यसले ठूलो अर्थ राख्छ । अहिले सोच्दा केही गलत लाग्छ तर त्यतिबेलाको लागि त्यो सही निर्णय थियो । कच्चा हुँदै परिपक्व हुँदै जाने हो । मेरो हकमा पनि त्यही भयो । कहिलेकाहीँ अपरिपक्वताको पनि छुट्टै मजा हुन्छ । अहिले सोच्दा हाँसो उठ्छ।

तपाईंको बुवा पनि कलाकारिता क्षेत्रकै हुनुहुन्छ । फिल्ममा काम गर्ने निर्णय नितान्त व्यक्तिगत थियो कि परिवारको ?

नितान्त व्यक्तिगत । साइन गरेँ, स्क्रिप्ट बाबाले मेरो बेडमा देखेपछि थाहा पाउनुभयो । उहाँले म बाहिर हुँदा स्क्रिप्ट पढ्नुभएछ । मलाई कुन क्यारेक्टर गर्न लागेको भनेर सोध्नुभयो । साइन गरिसकेकी थिएँ, तर बाबालाई मैले हेर्न ल्याएको भनेर ढाँटेँ । मलाई उहाँको बेग्लै प्रतिक्रिया आउला भन्ने थियो । उहाँको भनाइ थियो, अझै केही समय लिएर अलि पछि मात्रै फिल्म गरे हुन्थ्यो । तर, मैले मन बनाइसकेको बुझेर होला, सकारात्मक देखिनुभयो । म्युजिक भिडियोमा आउन बाबासँग एक चरणको संघर्ष गरिसकेको हुनाले त्यसबेला उहाँले केही भन्नुभएन।

पहिलो फिल्मदेखि हालसम्म आइपुग्दा अभिनेत्रीका हिसाबले आफूमा कस्तो विकास भए जस्तो लाग्छ?

मेरो नभएको नै ग्रोथ हो । धेरैले अभिनयका हिसाबले राम्रो भएको प्रतिक्रिया दिन्छन् । तर ७ वर्षको फिल्मी करिअरलाई फर्किएर हेर्दा म सन्तुष्ट छैन। म व्यस्त भएँ, तर आफूलाई ‘ग्रो’ गर्ने मौका दिन पाइनँ । जबकि यसका लागि एउटा समय चाहिन्छ । मेरो कमजोरी केलाउने, थाहा पाउने र त्यसलाई सुधार्न पाउनुपर्थ्यो । म व्यस्त मात्र भएँ। 

व्यस्त मात्र हुँदाको बेफाइदा के रहेछ?

व्यस्त भइसकेपछि एउटा प्रोजेक्टका लागि दिनुपर्ने र आफूले गर्ने चरित्रलाई बुझ्न र समय दिएर राम्रो गरूँ भन्ने कुरामा ठूलो अड्चन आउँदो रहेछ । यो व्यस्तत भन्दा पनि व्यक्तिगत बाध्यता थियो । त्यसैले ‘स्वर’ देखि कुनै छलाङ नै छैन । खासै नयाँ चिज गरेकी छैन। 

यस्तो हुनेगरी आफूलाई धेरै व्यस्त किन राखेको ?

सबै कुरा आफ्नो हातमा नहुने रहेछ । कहिलेकाहीँ सोच्छु, मैले यति धेरै काम किन गरेँ होला ? आफूमा इनर्जी धेरै भएर पनि होला, मैले कहाँ रोकिनुपर्ने हो, विश्राम लिनुपर्ने हो भन्ने पत्तै पाइनँ । केही वर्ष अगाडि दया दाइ (दयाहाङ राई), सौगात दाइ (सौगात मल्ल) सँग कुरा गर्दा कति फिल्म गरिरहने, यसरी त कलाकारका हिसाबले कुनै विकास नै हुँदैन भन्ने कुरा पनि हुन्थ्यो। 

त्यसो भए केकी सफल होइन, व्यस्त अभिनेत्री हो ?

व्यस्त भएँ । व्यस्त हुनु पनि एक किसिमले सफल हुनु हो । म व्यस्त मात्र भएँ भनेर गरिएको टिप्पणीलाई ’अन्डर भ्यालु’ गर्दिनँ । फिल्म नै नचल्दा पनि पाएको माया पनि सफलता नै हो । मेरो भनाइ हो, मैले आफ्नो ग्रोथ गर्न पाइनँ। 

निरन्तर असफल फिल्मका बाबजुद फिल्म पाइरहँदा कस्तो लाग्छ ?

यही कारणले मैले आफूलाई असफल अनुभव गरिनँ । यस्तो हुनुमा दर्शक, फिल्ममेकरको विश्वास र मिडियाको सहयोग हो । मैले गरेको फिल्ममा मेरो कामको सम्भावना राम्रो भएर होला, ममाथि आशा मारेका छैनन्। 

अभिनेत्रीका हिसाबमा १० मा आफूलाई कति नम्बर दिनुहुन्छ?

सबैको तारिफ सुनेर पहिले मलाई आफू भयंकर कलाकार हुँ जस्तो लाग्थ्यो । तर, आजको दिनमा मैले गरेका फिल्म म आफैं हेर्न सक्दिनँ । आफैंलाई लाज लाग्छ, के बोलेको होला? के गरेको होला ? भनेर । यो हिसाबले हेर्दा म आफूलाई १० मा ४ नम्बर दिन्छु।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०७४  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
इंग्ल्यान्डविरुद्ध खराब सुरुवात, ६ ओभरमा दुई विकेट पतन, दुवै ओपनरलाई गुमायो आइतबार, माघ २५, २०८२
नेपाललाई पहिलो झड्का, आशिफको विकेट पतन आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप इंग्ल्यान्डले दियो नेपाललाई १८५ रनको लक्ष्य आइतबार, माघ २५, २०८२
अर्धशतक प्रहार गरेका जेकब बेथेलको विकेट ऐरीले लिए आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्