नयाँ दिल्ली (एजेन्सी)– सैफअली खानकी छोरी साराको डेव्यु फिल्म ‘केदारनाथ’ रिलिजभन्दा अगाडि नै विवादमा मुछिएको छ। फिल्म निर्देशक अभिषेक कपुर र निर्माता प्रेरणा अरोराबीच विवाद बढेपछि फिल्मको विषय अदालतसम्म पुगेको छ।
फिल्मी सुत्रका अनुसार निर्माता प्रेरणा आफ्नो फिल्मको निर्देशक अभिषेकसँग निकै रिसाएका छन्। अभिषेकले चाहिनेभन्दा बढी पैसा खर्च गराएको आरोप निर्माताको छ। अभिषेकले फिल्मको परियोजनालाई राम्रोसँग सम्हाल्न नसकेको बताइएको छ। यो फिल्मका लागि एकता कपुरले ८ करोड रुपैयाँ लगानी गरेकी छिन्।
टि–सिरिज र क्रियार्जले पनि १५–१५ करोड लगानी गरेका छन्। अभिषेकले १६ महिनाभित्र फिल्मलाई पूर्ण गर्नुपर्ने थियो। तर, फिल्म अहिलेसम्म सकिएको छैन्। अमृता सिंह र सैफअली खानको छोरी सारा सुशान्त सिंह राजपुतसँग यो फिल्ममा देखापर्दै थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।