नयाँ दिल्ली (एजेन्सी)– कमेडियन कपिल शर्मा र विवाद एक–अर्काको पर्यायी बन्न थालेको छ। आफ्ना सहपाठी सुनील ग्रोवरसँगको विवादपछि उनको दिनदशा यतिबेला त्यति राम्रो चलिरहेको छैन्। कहिले उनी आफ्नै कार्यक्रम सञ्चालन गरिरहेको टेलिभजन च्यानलसँगको लफडा त कहिले साथीहरूबीचको झगडाले विवादमा तानिएका हुन्छन्।
अहिले फेरि अर्को विवादले जन्म लिएको छ। कपिलले केही समयअघि मात्र एउटा भिडियो इन्स्टाग्राममा पोष्ट गरेका थिए। जुन उनका लागि महंगो सावित भएको छ।
केही समयअघि मात्र उनी आफ्नो घर अमृतसर गएका थिए। जहाँ उनले मोटरसाइकल चलाएको भिडियो इन्स्टाग्राममा पोस्ट गरे। उनको त्यो भिडियोका कारण उनीविरूद्ध प्रहरी थानामा उजुरी परेको छ।
भिडियोमा उनी हेलमेट नलगाइ मोटरसाइकल चलाएको देखिएका छन्। अमृतसरको एउटा विधार्थी संगठनले ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा भनिएको छ, कपिल शर्मा सेलिब्रिटी हुन्, उनी धेरै व्यक्तिका लागि ‘रोल मोडल’ पनि हुन्। यस्तो हर्कत उनलाई सुहाउँदैन्। कपिलका परिवारका थुप्रै व्यक्ति पनि प्रहरी सेवामा कार्यरत छन्। हामीलाई उनीबाट यसको अपेक्षा थिएन्।’
भिडियोमा कपिल रातीको समय मोटरसाइकल चलाइरहेको देखापरेका थिए। सेलिब्रिटी भएपनि उनको परिवार अहिले पनि अमृतसरमा बसोबास गर्छ। कपिल आफ्नो आगामी टेलिभिजन शोको प्रोमोका कारण यतिबेला चर्चामा छन्। उनले २०१७ मा ‘फिरंगी’ फिल्म निमार्ण गरेका थिए। तर, फिल्मले खासै नाफा कमाउन सकेन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।