काठमाडौं– अभिनेत्री ऋचा शर्माले निर्माण गरेको फिल्म ‘सुनकेशरी’को टिजर सार्वजनिक भएको छ।
केही समय अघिबाट नै सिनेमा हलहरुमा टिजर सार्वजनिक भए पनि युट्युबमा भने भरखरै सार्वजनिक भएको हो। करिब ३५ सेकेन्ड लामो टिजरमा ऋचालाई निकै डरलाग्दो भूमिकामा देख्न सकिन्छ। टिजरमा ऋचाको फरक अवतारसँगै अभिनेता रविन्द्र झा पनि देखिएका छन्।
हरर जनराबेस फिल्म सुनकेशरी अर्पण थापा फिल्म्सको ब्यानरमा निर्माण भएको हो। सम्पूर्ण छायांकन अस्ट्रेलियामा गरिएको फिल्मको ट्रेलर भने अप्रिलमा सार्वजनिक गर्ने ऋचाले बताइन्।
अभिनेता अर्पण थापाको कथा, पटकथा र निर्देशन रहेको फिल्म जेठ ११ बाट देशभर प्रदर्शन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।