काठमाडौं– नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमितिका एक उपाध्यक्ष सहित ८ सदस्य चुनिएका छन् । उपाध्यक्षमा डा नारायण विक्रम थापाले जितेका छन् ।
सदस्यहरुमा डा कालुसिंह खत्री, डा सुनिलकुमार शाह बि, डा अंकुर शाह, डा कृष्ण खरेल, डा शिवजी पौडेल, डा विश्वराज दवाडी, डा खुश्वु प्रिया र डा मनोजमान श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरु आगामी चार वर्षका लागि चुनिएका हुन् ।
डा कालुसिंह खत्रीले सबैभन्दा धेरै मत ३६ सय ४५ पाएका छन् भने कम मत ल्याएर निर्वाचित हुनेमा मनोजमान श्रेष्ठले भने निर्वाचित मध्ये सबैभन्दा कम पाउने डा मनोजमान श्रेष्ठले १८८८ मत पाएका छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।